नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले माघ ८ भित्रै संविधान जारी गर्न आफ्नो दल प्रतिवद्ध रहेको वताउनुभएको छ ।

आज सर्लाहीको कर्मैयामा झोलुंगे पुल तथा वुद्ध प्रतिमा सिलान्यास गर्न आउनु भएका नेपालले आफुहरु समयमा नै संविधान जारी गर्न प्रतिवद्ध भएको दावी गर्नुभएको हो । आफुहरुले सवै पक्षसँग सहमती गरेर संविधान ल्याउन विभिन्न पक्षसँग सम्वाद अगाडी वढाएको पनि पुर्व प्रधानमन्त्री नेपालको भनाई छ ।
आफ्नो पार्टीले लचिलो भएर संविधान जारी गर्न गरेको प्रयास जस्तै अन्य पक्षहरु पनि लचिलो हुनु पर्ने नेपालको भनाई छ ।

Comments