प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्ने भएको छ ।

राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने  खेलमा बलियो प्रतिद्वन्दी भारतसँग नेपालले सामना गर्न लागेको हो । त्यसअघिको पहिलो खेलमा नेपाले माल्दिभ्सलाई हराएर जीत हासिल गरेको थियो ।  नेपालले लगातर दोस्रो जीत निकाल्दै शिर्ष स्थान कायम गरेको छ ।
आजै हुने अर्को खेलमा माल्दिभ्स र श्रीलंका भिड्ने भएका छन् ।

प्रतियोगितामा नेपाल भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी पाँच राष्ट्रले भाग लिएको प्रतियोगितामा विजेता टोलीले दुई हजार डलर प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले  एक हजार र पाँच सय डलर प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले २५ हजार प्राप्त गर्नेछन् ।

Comments