आज जनवरी २६,अष्ट्रेलियमा पहिलो पटक बेलायती पहुंच स्थापना भएको  सम्झनामा  गर्दै अष्ट्रेलियन दिवस मनाइदैछ । बेलायति फौज सहितको जहाज अस्ट्रेलियाको भु-भागमा ल्याइएको सम्झनामा हरेक वर्ष  अष्ट्रेलियन  डे मनाईन्छ । सन् १७८८ मा सिड्नी कोब मा अवतरण गराइएको सो जहाज नै  अष्ट्रेलियमा बेलायति झन्डा फहराउने पहिले जहाज बन्न पुगेको थियो ।

गभर्नर फिलिप को अगुवाइमा अस्ट्रेलियामा पहिलो पटक बेलायती कोलोनि स्थापना भएको दिन स्वरुप ‘अस्ट्र्लियन डे ‘मनाइने गरिन्छ । अष्ट्रेलियन डेको अवसरमा आज  देशभर सार्वजनिक विदा दिईएको छ । यस दिवसमा अस्ट्रेलियनहरूले आफ्नो देश स्थापना भएको गौरवको दिन मान्दै घर्, शहर ,बजार ,कार्यालयहरूमा अस्ट्रेलियन झण्डा फहराएका छन्। यसैगरि सिड्नीको डार्लिङहार्भर क्षेत्र तथा अन्य भागमा खुशियालि स्वरुप पटका ,अतिशबाजि पड्काउंदै विभिन्न राष्ट्रिय कार्यक्रमको आयोजना गरिएका छन्। विभिन्न स्थानमा भएको भेला जमघटमा नेपालीहरूले समेत उत्साहपुर्वक सहभागिता जनाएका छन्। केहि नेपालीहरूले भने यो दिनलाई  पारिवारिक भेटघाट र सबन्ध नविकरणको अवसरको रुपमा मनाए ।

सन् १७८८ मा ११ वटा जहाज सिड्निमा आइपुगेको थियो । यद्दपी यो अस्ट्रेलियन दिवस अस्ट्रेलियामा अस्ट्रेलिया स्थापनाको दशकौपछि मनाउन थालिएको यहाँको तथ्याङ्क छ। यसै दिनको सम्झनामा अस्ट्रेलियन सरकारले प्रक्रिया पूरा गरेका आप्रवासिहरूलाई विभिन्न स्टेटमा नागरिकता समेत वितरण गरेको छ।

Comments