भारतले कपिलवस्तुको कृष्णनगर क्षेत्रमा अन्तर्राष्ट्रिय सीमास्तम्भ ५६७ नजिक दसगजा अतिक्रमण गरी ढल निर्माण गरेको छ।

एकपक्षीय रूपमा भारतले रातारात दसगजा अतिक्रमण गरी सोही जग्गाबाट चार मिटर मिची नेपालतर्फ च्यापेर दुई सय ५० मिटर लामो ढल निर्माण गरिरहेको छ।
सय मिटर बढी पक्की बनाइसकेको छ भने एक सय ५० मिटरजति ढल निर्माणका लागि खाल्टो खनिसकेको छ। दस वर्षदेखि भारतले यस क्षेत्रमा योजनाबद्ध ढंगले अतिक्रमण जारी राखि सीमामा भारतीय पक्षको मिचाहा प्रवृत्ति देखाएको छ ।

सुरुमा सीमा दसगजासँगै जोडेर पक्की घर निर्माण गरी अहिले दसगजा मिचेर ढल निर्माण गर्न थालिएको छ। बढनी ग्राम पञ्चायतले पाँच सय मिटर पक्की ढल निर्माणको योजनाअन्तर्गत नेपाली सीमा सुरक्षा अधिकारीको विरोधलाई बेवास्ता गर्दै रातारात उक्त ढल निर्माण गरेको जानकारी सीमा सुरक्षा कार्यालय कपिलवस्तुले जनाएको छ ।

Comments

comments