खेलकै क्रममा बलले लागेर मृत्यु भएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजप्रति सम्मान अर्पण गर्दै भारत र अष्ट्रेलियाबीचको टेस्ट म्याच अष्ट्रेलियाको एड्लेडमा सुरु भएको छ ।

भारत र अष्ट्रेलियाबीच गत नोभेम्बर २७ तारिखमै पहिलो टेस्ट हुने तालिका थियो । तर, क्रिकेटर ह्युजको निधन भएपछि उक्त खेल रद्द गरिएको हो ।
एड्लेडमा आज बिहान निकै भावुक शैलीमा टेस्ट म्याच सुरु भएको छ । खेल सुरु हुनुपूर्व अष्ट्रेलियन टिमका सदस्यले आफ्ना पूर्वखेलाडी ह्युजप्रति सम्मान व्यक्त गर्न आाफ्नो जर्सीमा उनले लगाउने टेस्ट क्यापको नम्बर ४ सय ८ लेखाएका छन् । खेलअघि रंगशालामा उपस्थित दर्शकलाई ६३ सेकेन्ड उभिएर उनीप्रति सम्मान व्यक्त गर्न लगाइएको थियो । २५ वर्षीय ह्युुज घरेलु खेलका क्रममा अविजित ६३ रन जोड्दा घाँटीको पछाडिपट्टिको भागमा बलले लागेर मैदानमा ढलेका थिए ।

Comments