आफ्नो मजदुर पक्राउ गरेको विरोधमा राजधानीका पेट्रोल पम्पहरुले आज पेट्रोलियम पदार्थको विक्रितिरण ठप्प पारेका छन् ।

मूल्य नघटाई पेट्रोल बिक्री गरेको आरोपमा वाणिज्य विभागको टोलीले कालिमाटीस्थित सीता केयर प्रालिका कर्मचारीद्वय विनोदराज घिमिरे र गोविन्द भट्टराई पक्राउ गरेपछि आज राजधानीका सबै पेट्रोल पम्पहरु बन्द भएका छन् । पेट्रोल पम्प बन्द भएपछि काठमाडौमा पेट्रोलियम पदार्थको विक्रिवितरण प्रभावित भएको छ । पेट्रोलियम पदार्थको अभावमा सार्वजनिक यातायातका साधन समेत कम चलेपछि यात्रुहरु मर्कामा परेका छन् । पक्राउ परेका सहकर्मीको रिहाईको माग गर्दै पेट्रोलियम मजदुर युनियनले आज राजधानीका पेट्रोल पम्प बन्द गराएका हुन् ।

युनियनले आज थानकोटस्थित नेपाल आयल निगमको डीपो पनि बन्द गरेका छन् ।पक्राउ परेकालाई रिहाई नगरिए देशभरका पेट्रोल पम्प बन्द गर्ने पेट्रोलियम मजदुर युनियनका राजकुमार दुलाले चेतावनी दिनुभयो । राजधानीमा करिब दुईसय पेट्रोल पम्प छन् ।

Comments