नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा एक साताभित्रै ६२ मेघावाट विद्युत थपिएसंगै तालिका बाहिरको लोडसेडिङ घट्ने भएको छ ।

यति ठूलो परिमाणमा विद्युत थप भएपछि लोडसेडिङको समयावधि केही कम हुने प्राधिरकण भारप्रेषण केन्द्रले जनाएको छ । मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाबाट ३६ मेघावाट, भारतबाट आयात गरिएको २० मेगावाट र माई जलविद्युत आयोजनाबाट उत्पादन भएको ६ मेगावाट गरी ६३ भेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थप भएको हो ।

Please follow and like us:

Comments