अहिले देशमा कुनै राजा छैन । किनभने मुलुक अहिले गणतन्त्रमा गइसकेको छ । यहि कुरालाई स्वीकार गर्न नसक्दा बिराटनगरमा एकजनाले झन्डै जेलको हावा खान परेको छ । उनी हुन् राष्ट्रवादी युवा समूहका जिल्ला अध्यक्ष मोहम्मद मुस्लिम मियाँ । उनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउने क्रममा बिराटनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको आदेशमा प्रहरीले पक्राउ गरी ३ घण्टा हिरासतमा राखेर छाडेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको जन्मोत्वसमा सहभागी भई दिनुहुन’ भन्ने व्यहोराको पत्र पठाएको आधारमा आफूलाई पक्राउ गरिएको मियाँको बताउनुभयो ।

समूहले पुर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर बिराटनगरको रानी र गुद्रीमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी हुनको लागि प्रमुख जिल्ला अधिकारीलाई बोलाईएको थियो । राजा नै नभएको अवस्थामा आमन्त्रण कार्डमा ‘श्री ५ महाराजाधिराज’ भनी सम्बोधन गरिएकोले पक्राउ गर्नु परेको मोरङका प्रहरी उपरिक्षक बिश्वराज पोखरेलले बताउनुभयो ।

पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोसव मनाउने क्रममा जिल्ला अध्यक्ष नै पक्राउ परेपछि कार्यक्रम भने स्थगित भएको छ ।

Please follow and like us:

Comments