विश्वमा त्यस्ता प्राकृतिक सम्पदा र स्थलहरु छन् जसको बारेमा सुन्दा अपत्यारिलो लाग्न सक्छ तर त्यसको सत्यता थाहा पाएपछि मुखबाट अनायसै निस्किन्छ–वाउ । हिमालयन कङ्गारुका पाठकहरुका लागि यहाँ त्यस्ता जलाशयहरुको बारेमा चर्चा गरिदैछ,जहाँ पानी होइन क्रिष्टल रहेको अनुभव हुन्छ । यी तलाउहरुको पानी यति कञ्चन र सफा छ कि यो ऐनाभन्दा पनि छर्लाङ्ग र पारदर्शी छन् ।

Verzascaभ्याली भर्सचास्का,स्वीजरल्याण्ड

३० किलोमिटर बहने भ्याली भर्सचास्का नदीको पानी विश्वमा कञ्चन पानीको रुपमा विख्यात छ । चट्टानी उपत्यका हुँदै बग्ने यो नदी स्वीजरल्याण्डको दक्षिणी क्षेत्रमा पर्दछ । यही नामको ड्यामको रुपमा भ्याली भर्सचास्का नदीलाई जेम्स बन्डको चलचित्र गोल्डेन आईमा पनि देखाइएको छ ।

Sabah-Malaysiaसबाह,मलेशिया

मलेशियाको विगट राज्यमा अवस्थित सबाह ताल विश्वमा कञ्चन पानीको तालमध्येकै एक पर्दछ । चारैतिरबाट आइल्याण्डले घेरिएको यो तालको पानी यति सफा र कञ्चन छ कि शीशा जस्तै देखिन्छ । त्यसैले यहाँको पानी हेर्नकै लागि भनेर यहाँ पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ ।

Pupu-Springs-Tasman-New-Zealandपुपु स्प्रिङ्स,न्यूजील्याण्ड

कञ्चन पानीका लागि विश्व विख्यात पुपु स्प्रिङ्स ताल न्यूजील्याण्डको दक्षिणी आइल्याण्डमा पर्दछ । यो तालबाट प्रतिसेकेण्ड १४ हजार लिटर निर्मल पानी बाहिर बहने गर्दछ ।

Panari-Island-Aragusuku-Island-Okinawa-Japanपनरी आइल्याण्ड,ओकिनावा जापान

धेरै सम्पदाहरुका धनी जापान कञ्चन पानीको लागि पनि धनी मानिन्छ । हुन त औद्योगिकरणका वावजुद पनि आफ्ना जलाशयहरुलाई बचाउँन सफल मुलुक मानिन्छ जापानलाई । त्यसमा पनि ओकिनावा राज्यमा अवस्थित पनरी आइल्याण्डको पानी विश्वमै सफा र कञ्चन मानिन्छ । स्थानीय भाषामा अग्रागुसुकु भनिने यो आइल्याण्ड जापानको विगट क्षेत्रमा पर्दछ । तैपनि यहाँको कञ्चन पानीका कारण थुप्रै स्वदेशी तथा विदेशी पर्यटकहरु यस आइल्याण्डमा पुग्ने गर्दछन् । यो आइल्याण्ड विभिन्न प्रजातिका समुद्री जीव र वनस्पतिका लागि पनि विख्यात छ ।

Jiuzhaigou-Valley-Chinaझिझाइगु भ्याली,सिचुवान–चीन

चीनको पर्यटकीय क्षेत्र सिचुवानमा पर्दछ विश्वको निर्मल पानी बहने झिझाइगु भ्यालीको ताल । यो उपत्यकालाई राष्ट्रिय वन्यजन्तु आरक्षण केन्द्रको रुपमा पनि संरक्षण गरिएको छ । यो राष्ट्रिय निकुञ्ज युनेस्कोको विश्व सम्पदा सुचीमा समेत सूचिकृत छ । यहाँका तालहरुमा क्रिष्टल जत्तिकै निर्मल र सफा पानी बहनुको साथै थुप्रै झरना र हिमालहरुका कारण पनि यो निकुञ्ज विश्वविख्यात मानिन्छ ।

Comments