अमेरिकाको प्रसिद्ध नेटफ्लिक्स कम्पनीले अष्ट्रेलियामा पनि आफ्नो सेवा विस्तार गरेको छ । नेटफ्लिक्स दर्शकले चाहेको बेला आफूले रोजेको चलचित्र र टेलिभिजन कार्याक्रमहरु उपलब्ध गराइदिने सर्भरमा आधारित कम्पनी हो ।

नेटफ्लिक्सको अष्ट्रेलियन लाइब्रेरीमा पनि प्रायः सबै जेनेरका चलचित्र र टेलिभिजन शोहरु उपलब्ध रहेको कम्पनीको दाबी छ । जस्तै रोमान्टिक,एक्सन वा सुपर हिरो कुन जेनेर अर्थात वर्गको चलचित्र र शो हेर्न चाहेको हो,दर्शकले छानी छानी हेर्न सक्ने व्यवस्था मिलाइएको नेटफ्लिक्सले जनाएको छ । हाउस अफ कार्डस्,डाउनटाउन अबे,होमल्याण्ड र म्याड म्यान जस्ता दुर्लभ र अत्यन्त लोकप्रिय चलचित्र र टेलिभिजन शोहरु नेटफ्लिक्सको अष्ट्रेलियन लाइब्रेरीमा उपलब्ध छन् ।

तर ३० रक,पार्कस् एण्ड रिक्रियसन,द अफिस,प्युचुरामा एण्ड अर्चर जस्ता प्रसिद्ध कमेडी शोहरु पनि हाललाई उपलब्ध नभएको बताइएको छ ।

Comments