विभिन्न माग राखी अनशनरत त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीसंग सरकारी वार्ता टोलीले आज वार्ता गरेको छ । वार्ता समितिले अनशनस्थलमै पुगेर डा केसी र उहाँका सहयोगी समूह संग वार्ता गरेको हो ।

सरकारी वार्ता टोलीका सदस्यद्वय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी र मुख्य सचिव लीलामणि पौडेल आज बिहान अनशनस्थल पुगी केसीका माग र तिनलाई पूरा गराउने उपायका सम्बन्धमा छलफल गरेका हुन् ।

वार्तामा केसीका तर्फबाट सहभागी जीवन क्षेत्रीका अनुसार मागका १० बुँदा र त्यसलाई पूरा गराउने र समस्या समाधान हुने विकल्पका बारेमा एकसरो कुराकानी भएको र आजै साँझ वा भोलिसम्ममा अर्काे वार्ता हुनेछ ।

मन्त्रिपरिषद्को यही चैत १३ को बैठकले स्वास्थ्यमन्त्री अधिकारी, शिक्षामन्त्री चित्रलेखा यादव र मुख्य सचिव पौडेल रहेको वार्ता समिति गठन गरेको थियो । केसी यही चैत ९ गतेदेखि अनशनमा बसेका हुन् ।

Comments