भारतीय जनता पार्टी विश्वकै सबैभन्दा धेरै सदस्य भएको राजनीतिक दल बनेको छ ।

भारतको सत्तारुढ यो पार्टी आठ करोड ८० लाख सदस्यका साथ संसारकै सबैभन्दा ठूलो राजनीतिक पार्टी बन्न सफल भएको हो । यसभन्दा अघि आठ करोड ६० लाख सदस्यका साथ चीनको कम्युनिस्ट पार्टी संसारको सबैभन्दा ठूलो राजनीतिक दलका रुपमा रहेको थियो । भाजपाले आइतबार आठ करोड ८० लाख सदस्य पुगेको जानकारी दिएको छ ।

भाजपाका अध्यक्ष अमित शाहले यो तथ्यांकलार्इ औ आगामी अप्रिल ३ र ४ तारिखमा बैंगलोरमा हुने राष्ट्रिय कार्यकारिणीको बैठकमा औपचारिकरुपमा घोषणा गर्ने भएका छन् ।

Comments