पाकिस्तानी सैन्य जेट फाइटरले शुरु गरेको हवाई हमलामा पाकिस्तानकोे खैबर प्रान्तमा कम्तीमा १० लडाकूको मृत्यु भएको छ ।

उक्त सैन्य जेटले तिराहा उपत्यकाको लडाकू लुकेका ५ स्थानमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सन् २०१४ को सेप्टेम्बरमा पाकिस्तानी सेनाले आतंककारी लडाकू विरुद्ध अपरेशन खैबर वान शुरु गर्ने घोषणा गरेको थियो । अहिले सेनाले अपरेशन खैबर टु शुरु गरेको र खैबरको सो हमला अपरेशनको दोश्रो श्रृङ्खलाको अंश भएको बताइएको छ ।

गएको महिनामात्र प्रधानमन्त्री नवाज शरीफले आदिवासी क्षेत्रमा गरिएका यस्ता कारवाहीले आतङ्कवादी लडाकूलाई कमजोर बनाएको टिप्पणी गर्नुभएको थियो ।

Comments

comments