ललितपुरको जावलाखेलमा मिनीबसले मोटरसाइकललाई ठक्कर दिंदा बसमा सवार २० जना घाइते भएका छन् ।

बिहान रत्नपार्क-भैसेपाटी रूटमा चल्ने बा २ ख ३५० नम्बरको मिनीबसले बा ४२ प ७१८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । तीव्र गतिमा रहेको मोटरसाइकललाई बचाउन खोज्दा मिनीबस पल्टिएको प्रहरीले जनाएको छ।

घाइतेहरुको पाटन र अल्का अस्पतालमा उपचार भइरहेको छ ।

Comments