धादिङको झ्याप्ले खोलामा भारतीय पर्यटक बस पल्टिँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ भने‍ २८ जना घाइते भएका छन् ।

आज बिहान काठमाडौंबाट भारतको गुज्रातको लागि छुटेको जी जे १४ एक्स ९९०० नम्बरको दुईतले बस सडकबाट ५ सय मिटर तल खस्दा १७ जनाको ज्यान गएको प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार गाडीमा रहेका ४५ जनामध्ये १७ जनाको घटनास्थलमै ज्यान गएको हो ।

घाइतेलाई उपचारको लागि विभिन्न अस्पताल लाने काम भैरहेको छ । ५ सय मिटर तल खस्दा दुईतले बस तीन टुक्रा भएको छ । मृत्यु हुनेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। विपरित दिशावाट आईरहेको मोटरसाईकललाई साईड दिन खोज्दा बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको र बस भीरमा गएर रुखमा अडकिएको उद्धारमा संलग्न शशस्त्र प्रहरी टोलीले जनाएको छ ।

Comments

comments