साउदी अरबको नेतृत्वमा गठन भएको गठबन्धन सेनाले यमनमा विद्रोहिविरुद्ध जारी राखेको हवाई आक्रमणको अन्त्य गरेको छ ।

गठबन्धन सेनाले यमनमा हुथी विद्रोहीलाईरोक्नको लागि लगभग एक महिनासम्म हवाईहमला गरेको थियो । हिजो मात्रै गरिएको हवाईहमलामा परि ३० सर्वसाधारण मारिएका थिए । यद्यपी हुथी विद्रोहिलाई रोक्न भने गठबन्धन असफल भएको छ । साउदी गठबन्धन सेनाका प्रवक्ता बिग्रेडियर जनरल अहमद अल असीरीले रियादमा पत्रकार सम्मेलन गर्दै यमन सरकार र राष्ट्रपति हादीको आग्रहमा अभियान अन्त्य गर्ने निर्णय गरिएको जानकारी गराएको बिबिसिले जनाएको छ ।

यसैवीच यमनमा अब रिस्टोरिंग होप नामबाट एक नयां कार्यक्रम सचलन गरीने भएको छ । यस कार्यक्रमको मुख्य लक्ष्य यमनको समस्या अन्त्यको लागि राजनितिक तबरबाट हल खोजिने र देशको सुरक्षा तथा चरमपंथी विरोधी गतिविधि रोक्ने उपायहरुको खोजि गरिने रहेका छ ।

Comments