इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ ।

युसुफ पठानको ४२ रनको पारी र पियुष चावलाको चार विकेट महत्वपूर्ण योगदानमा दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गरेको हो । इडेन गार्डेनमा पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनायो । उसका लागि पठानले २४ बलमा तीन चौका र तीन छक्काको मदतमा ४२ रन बनाए । रोविन उथप्पाले ३२ रन जोडे । मनिष पाण्डे र पियुष चावलाले २२/२२ रन जोडे । जोहन बोथाले ५ बलमा चार चौकासहित १७ रन बनाए । इमरान ताहिरले २ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो । उसका लागि श्रेयर अथ्यरले ४० रन बनाए । जेपी डुमुनी र मनोज तिवारीले समान २५/२५ रन जोडे भने शौरभ तिवारीले अविजित २४ रन जोडे पनि टोलीका हार टार्न सकेनन् ।

दिल्लीलाई सस्तैमा समेट्ने क्रममा पियुष चावलाले ३२ रन दिएर चार विकेट लिए ।

Comments