अष्ट्रेलियामा सुपरमार्केट लुट्ने प्रयास गर्दा गर्दै एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

दुई जना व्यक्ति सहित मेलबर्नस्थित एक सुपरमार्केट लुट्ने कार्यमा संलग्न १५ वर्षीया ती किशोरीलाई बुधवार विहान प्रहरीले रंगेहात नियन्त्रणमा लिएको हो । उनीसँगै लुटमा संलग्न दुई व्यक्ति भने फरार रहेको बताइएको छ । लुटेराहरुको आक्रमणमा सुपरमार्केटमा कार्यरत दुई कर्मचारी गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

ती कर्मचारीहरुले मंगलवार साँझ सुपरमार्केटबाट लुटेको सामान सहित लुटेराहरुलाई रोक्न खोज्दा उनीहरुमाथि सांघातिक हमला भएको थियो । यसबारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Comments