गत बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिका पराकम्पनबाट अहिलेसम्म ८ हजार ६ सय ३१ जनाको ज्यान गएको छ ।

गृहमन्त्रालययका अनुसार अहिलेसम्म २१ हजार ८ सय ३८ जना घाइते भएका छन् । उक्त भूकम्पमा परी काठमाडौं उपत्यकामा १ हजार ७ सय २७ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका अनुसार सो भूकम्पमा परी पुर्व क्षेत्रमा ५७ जना, मध्य क्षेत्रमा ६ हजार ३ सय ९४ पश्चिम क्षेत्रमा ४ सय ५० र मध्यपश्चिममा २ जनाले ज्यान गुमाएका छन्। यसैगरी भूकम्पमा परी घाइते हुनेहरुमा उपत्यकामा १२८२८, पूर्व क्षेत्रमा ४५५, मध्य क्षेत्रमा ७१८५, पश्चिम क्षेत्रमा १२८१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । मृतक ८५६५ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये ६०१८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म नेपाली नागरिक २ सय ४० र विदेशी नागरिक १०६ जना बेपत्ता भएका छन् । विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७१८१, पूर्व क्षेत्रमा ४५९३०, मध्य क्षेत्रमा २००८६२, पश्चिम क्षेत्रमा १४५४२८, मध्य पश्चिम क्षेत्रमा ३१९५ र सुदूर पश्चिम क्षेत्रमा ५० गरी जम्मा ४६२६४६ भौतिक संरचनाहरु क्षती भएका छन् ।

Comments