ताजिकिस्तान जारी १४ वर्ष मुनिको एएफसी क्षेत्रीय फुटबल फेस्टिवलमा नेपालको विजयी यात्रा जारी छ । फेस्टिवल अन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपालले सोमबार अफगानिस्तानलाई हराएको छ ।

धुसान्बेस्थित इस्तिकोल मैदानमा भएको खेलमा नेपालले अफगानिस्तानलाई २(० ले हराउँदै प्रतियोगितामा लगातार जित दर्ता गरेको हो ।
नेपालका लागि दुवै गोल रेजिन सुब्बाले गरेका हुन् । उनले ४७ औं र ५४ औं मिनेटमा गोल गरे।

अखिल नेपाल फुटबल संघ एन्फाले दिएको जानकारी अनुसार नेपालले मंगलबार घरेलु टोली ताजिकिस्तानसँग खेल्ने छ । यसअघि पहिलो खेलमा नेपालले पाकिस्तानलाई हराएको थियो ।

Comments