मंगलवारको दिन चन्द्रमा वृश्चिक राशिमा रहनेछ । यो राशीमा चन्द्रमा नीच रहन्छ । नीच राशीमा शनिसँग चन्द्रमा हुने भएकोले बिष योग बनेको छ ।

मंगलवार चन्द्रमा पूरै दिन अनुराधा नक्षत्रमा रहनेछ । यी नक्षत्रहरुमा चन्द्रमा हुँदा वज्र नामको योग बनेको छ । यस्तो स्थितिमा यसको प्रभावले केहीलाई समस्या पर्न सक्छ । त्यसैले मंगलवार धेरै जनाका लागि बढी दौडधूप गर्नुपर्ने दिनको रुपमा रहनेछ । केही मान्छेलाई तनाव पनि हुन सक्छ ।

मंगलवार चन्द्रमामा तीन ग्रहको नजर भएकोले दिन केही उथलपुथलयुक्त रहनेछ । मंगलवार केही क्रृण बढ्न सक्छ । केही मान्छेको फाल्तू खर्च पनि बढ्न सक्छ । आज केही राशीकाहरुले आफ्नो रिस अरुमाथि खन्याउँदा व्यर्थ झगडा पनि हुन सक्छ । मंगलवारको ग्रहको स्थितिका कारण केहीको व्यवसायिक जीवन स्वभाविक नरहन सक्छ । तर प्रेम गर्नेहरुका लागि भने आजको दिन शुभ छ ।

Comments