हिमालयन कङ्गारु । गैर आवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको निर्वाचन मिति जति नजिक आउँदैछ,त्यति नै चुनावी महोलको रौनकता पनि बढ्दैछ । जुलाई ४ मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ ।

एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्षमा ३ जना सहित करिब दुई दर्जन जनाको उम्मेदवारी दर्ता भएको छ । विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले अहिले देखि नै आ आफ्नो योजना र एजेण्डासहित आफूलाई निर्वाचित गराउँन आग्रह सहित अपिल गर्ने कार्य पनि शुरु गरिसकेको छ । यसैबीच आगामी कार्यकालका लागि सचिवमा उम्मेदवारी दिनुभएका टोनु घोताने गुरुङले पनि प्रचार अभियानलाई तीव्रता दिनुभएको छ । आफ्नो उम्मेदवारीबारे अझ प्रष्ट पार्नका लागि उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना एजेण्डा,योजना र कार्यनीतिहरु सार्वजनिक गर्न थाल्नुभएको छ ।

टोनु घोताने गुरुङ–साझा एनआरएनए नामक उहाँको पेजमा चुनावी प्रचार सामाग्रीका साथमा आफ्ना कार्यनीतिबारे पनि धारणाहरु उहाँले सार्वजनिक गर्न थाल्नुभएको छ । नेपालको पुननिर्माणका लागि नेपाली एकताको सन्देशलाई आफ्नो मूख्य चुनावी नारा तय गर्नुभएका घोतानेको उम्मेदवारीप्रति धेरै अष्ट्रेलियाली नेपाली समुदायको साथ र समर्थन रहेको उहाँको पेजमा आएका लाइक्स र कमेन्टहरुबाट प्रष्ट हुन्छ । कमेन्ट लेख्ने एकजनाले लेखेका छन्–’सचिव पदका लागि असाध्यै सक्षम र योग्य उम्मेदवार हुन् टोनु घोताने । हामी एनआरएनमा सकरात्मक परिवर्तन चाहन्छौं । त्यसैले सचिव जस्तो गरिमामय पदमा घोताने जस्तो सक्षम र योग्य व्यक्तिको उम्मेदवारीले अझ आशा बढाएको छ । टोनु विल गेट थिङ्स डन अर्थात टोनुले सम्पूर्ण कार्यहरु गर्नेछन् अथवा गर्न सक्नेछन् ।’

लामो समयदेखि नेपाली समुदायबीच लोकप्रिय हुँदै आउँनुभएका टोनु आफैं पनि आफ्नो जीतप्रति आशावादी हुनुहुन्छ ।

Comments