काठमाडौं । स्कटल्याण्ड र आयरल्याण्डमा जारी आइसीसी ट्वान्टी ट्वान्टी बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले सोमवार सहआयोजक आयरल्याण्डबिरुद्ध प्रतिष्पर्धा गर्दैछ । नेपालले आयरल्याण्डबीच सबै फम्र्याटको क्रिकेटमा पहिलो औपचारिक भेट हो ।

आयरल्याण्डको वेलफास्टस्थित स्टोरमोन्टमा नेपाली समय अनुसार सोमवार साँझ ७ बजेदेखि खेल सुरु हुनेछ । नेपालले र आयरल्याण्डबीच औपचारिक प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो  । अघिल्लो बर्ष युएईमा भएको ट्वान्टी ट्वान्टी बिश्वकप छनौट अघिको अभ्यास खेलमा आयरल्याण्डले नेपाललाई पाँच विकेटले हराएको थियो । प्रतियोगिताको समुह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेल बर्षाले प्रभावित बन्दा नामिवियासंग अंक बाँडेको थियो । नेपाल दुई खेलबाट तीन अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ ।

यता प्रतियोगिताको उपाधिको प्रमुख दावेदार मानिएको आयरल्याण्डका लागि घरेलु मैदान र समर्थकको साथ रहनेछ । काउन्टी क्रिकेट खेल्ने अनुभवी खेलाडीहरुको बाहुल्यता रहेको आयरल्याण्डले प्रतियोगिताको यसअघिका दुई खेलमा दुवैमा जित निकालेको थियो । पहिलो खेलमा नामिवियालाई सात विकेटले र दोस्रो खेलमा अमेरिकालाई ४६ रनले हराएको आयरल्याण्ड चार अंक सहित शीर्ष स्थानमा छ । सात टोली रहेको समुहको शीर्ष तीनमा रहने टोली अर्कोबर्ष भारतमा हुने ट्वान्टी ट्वान्टी बिश्वकपका लागि छनौट हुनेछ ।

Comments