काठमाडौं । हरेक वर्ष दशैंमा फिल्मी प्रेमी नेपाली दर्शकहरुको योजनामा पथ्र्यो–रेखा थापाको फिल्म हेर्ने । हुन पनि हरेक वर्ष दशैंको छेकोमा रेखा अभिनित फिल्म रिलिज हुँदै आएको थियो । तर यसपटक भने रेखा थापाका प्रशंसकहरुले रेखाको फिल्म विना नै दशैं मनाउँनुपर्ने अवस्था छ । किनभने यसपटक दशैंमा रिलिज गर्न रेखासँग कुनै फिल्म नै छैन ।

करिब ६ महिना अमेरिकामा बसेर आएकी रेखा त्यसो त नयाँ फिल्म रामप्यारीको निर्माणमा जुट्दै छिन् । भदौ २१ गतेबाट बल्ल छायांकनमा जान लागेको रामप्यारी दर्शकहरुबीच आउँन चैत लाग्नेछ । त्यसैले यसपटक दशैंमा दर्शकका लागि आफूले कुनै फिल्म ल्याउँन नसकेकोमा रेखाले दर्शकहरुसँग माफी मागेकी छिन् । हुन त रेखाको यो हर्कतलाई कतिले आफैं ठूलो भन्ने दम्भ भनेका छन् भने कतिले दर्शकहरुप्रतिको लोयल्टी ।

यसै साता मिडियासँगको कुराकानीमा रेखाले भनिन् ‘दशैंमा म तपाईहरुसँग आउन पाइनँ, मलाई माफ गर्नुस् ।’ संगीत रेकर्डिङ कक्षको अन्तत्र्रिmयामा रेखा केही भावुक देखिएकी रेखाले भूकम्पले गर्दा देश नै विपतमा परिरहेको बेला आफू मनोरञ्जनमा लाग्न नसकेको बताइन् । भूकम्पबाट धेरैले ज्यान गुमाउनु भएको छ । दशैं सम्म मनमा लागेको घाउ आलै हुन्छ । यो दुःखद घडीमा म दर्शकलाई मनोरञ्जन दिन सक्दिंन ।’ रेखाले भनिन् । उनले थपिन्–‘म नायिका मात्रै भएको भए छायाँकन सकाएर दशैंमा फिल्म ल्याउँथें होला । तर, म हिरोइन मात्रै नभएर सारा नेपालीकी छोरी पनि हुँ । घरमा जुठो परेको छ महिना नपुग्दै म आफ्नो फिल्म हलमा ल्याउन सक्दिन ।’

सविर श्रेष्ठले निर्देशन गर्ने ‘राम प्यारी’ मा महिला टेम्पो चालकको कथामा आधारित रहनेछ । यही फिल्मबाट आभाष अधिकारीले नायकको रुपमा रजतपटमा डेव्यु गर्दैछन् । यो फिल्म आगामी चैत २६ गते रिलिज गर्ने घोषणा रेखाले यसअघि नै गरिसकेकी छिन् । ०००

Comments