संगीत मन पर्दैन भन्ने मान्छे थोरै भन्दा थोरै भेटिएलान तर संगीत मेरो सबै थोक हो भन्नेहरुको संख्या भने कम्ति छैन | संगीत बिना त मेरो जीवन नै अधुरो हुन्छ , साताको सातै दिन चौबिसै घण्टा संगीतमा रम्न पाए अरु केहि चाहिंदैन होला भन्नेहरुको पनि कमि छैन हिजो आज | आधुनिक विकास संगै संगीत सुन्नका लागि सजिला माध्यमहरु बजारमा छन् | हात हातमा भएका ग्यजेट्सहरुमा सानो एउटा एअरफोन जोडे पछि सुटुक्क संगीतमा  रमेको अरुले समेत  पत्तैपाउँदैनन्  | यसरी नै संगीतलाई आफ्नो हरपलको साथी  सम्झने मध्यकी हुन् एक “कन्चन देउजा” | २० वर्षे उमेरमा ५.४ फिट शारीरिक उचाई कि कन्चन अष्ट्रेलियामा बस्दै आउनु भएको छ | उहासँग गरिएको यो छोटो आजको कुराकानी |

फेसनले कतिको छुन्छ नि  ?

मेरो लागि फेशन सहजताका लागि हो | कसैले आफुलाई सहज हुने गरि लगाउने जुनसुकै पहिरन होस् उदहारणको लागि सर्ट र स्लिभ्सलाई लिन सकिन्छ , यदि लागउनेले आफुलाई भरि हुने गरि लगाउँछ भने पहिरन लगाउनुको के अर्थ हुन्छ | आफुलाई सजह हुने गरि लगाइएको कुर्तानै किन नहोस आत्मविश्वासका  साथ लगाएर हिड्न सकियो भने त्यो उत्तम हुन्छ |

kanchan

तपाईंको  फुर्सद ?

अस्ट्रेलियामा बस्नेहरुको फुर्सदिलो समय तालिका कमै हुन्छ, फुर्सद कम हुने हुदा दिक्क लाग्नु स्वाभाविक पनि हो | मुस्किलले निस्केको फुर्सदको समय मेरो चाहिँ आराम गरेर अनि टेलिभिजनका रियालिटी सो साथै कहिलेकाही चलचित्र हेर्दैमा बित्छ |

बसोबास कहाँ छ ?

मेलबर्न, भिक्टोरिया अष्ट्रेलिया  |

के काम गर्नुहुन्छ अष्ट्रेलियामा ?

म खाद्य सुरक्षा सहायकको रुपमा काम गर्छु |

मनपर्ने ठाउँ सम्झनु पर्दा ?

नेपालको भक्तपुर,  मेरो जन्मस्थल हो , त्यहाँको हरेक गल्लि मेरो लागि प्यारो छ |

Comments