काठमाडौँ  । पठन संस्कृतिको विकासका लागि प्रवद्र्धन गर्न मङ्गलबार आठौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ ।

सिंहदरबार मूल ढोकाबाट प्रभातफेरि प्रस्थान गरी रुसी सांस्कृतिक केन्द्रमा पुगी सम्मान र प्रवचनलगायत कार्यक्रम गरी दिवस मनाइने शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो । दिवस मनाउन मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

विसं १८६९ भदौ १५का दिन तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले पं केदारनाथ झालाई किताब तहबिलखानाको अध्यक्ष तोकको दिनलाई पुस्तकालय दिवस मनाइँदै आएको छ ।

Comments

comments