काठमाडौँ । संविधानसभामा भइरहेको संविधान विधेयकमाथिको छलफल छोट्याएर संविधान जारी गर्ने तयारी सुरु भएको छ ।

सभासदहरुले राखेका संशोधन प्रस्तावमाथि छलफल सकिएकाले आज प्रमुख तीनदलको साझा संशोधन प्रस्ताव पेश हुनेछ । प्रमुख तीन दलका प्रमुख सचेतकहरुले संशोधन प्रस्ताव पेश गर्दै त्यसको औचित्यका विषयमा प्रष्ट पार्नु हुनेछ ।
प्रमुख तीनदलका तर्फबाट संशोधन प्रस्ताव पेश भएपछि दफावार छलफल सुरु हुनेछ ।  दफाबार छलफल सकिएपछि तीनदलका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यसूची रहेको छ । सम्भव भए आजै नभए भोलि प्रमुख तीन दलका नेताहरुले सम्वोधन गर्नुहुनेछ ।

संसद सचिवालयका सहप्रवक्ता सुर्दशन कुईंकेलले भोलिसम्म संविधानसभाको छलफल सक्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । विधेयकमाथि धारणा राख्न २ सय ६३ जनाले नाम लेखाएकोमा कांग्रेस, एमाले र एमाओवादीका सभासद सबैले भनाइ नराख्ने गरी तयारी छ ।

Comments