काठमाडौ । रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरीको एपीएफ र थ्रिस्टार क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

आज दिउँसो हुने खेलमा दुइटै टोलीले जितको तयारी गरेका छन् । हिजोदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको खेलमा हिजो मनाङ्ग मर्स्याङ्दी क्लव र नेपाल पुलिस क्लवले गोलरहित बराबरी खेलेका छन् ।

लिगमा १६ अंकसहित झापा शीर्ष स्थानमा रहँदा १४ अंकको सशस्त्र प्रहरी दोस्रो तथा समान ११ अंकका त्रिभुवन आर्मी  र थ्री स्टार क्लव चौथो र पाँचौं स्थानमा छन् ।

Comments