काठमाडौँ ।  नेपाल आयल निगमले बिराट पेट्रोलियमलाई इन्धन ल्याउन स्वीकृती दिएको छ ।

निगमले इन्धन आपूर्तिका लागि आह्वान गरेको आशयपत्र मध्ये बिराटलाई मात्र स्वीकृती दिएको हो । निगमले सुचना प्रकाशित गरेपछि स्वदेशी तथा बिदेशी गरी २२ वटा कम्पनीले दर्ता गराएका थिए । ‘इन्धन आपूर्तिका लागि दर्ता गराएका मध्ये एउटा -बिराटलाई) स्वीकृती दिइएको छ,’  निगमका निर्देशक  मुुकन्द घिमिरेले भने, ‘ इन्धन ल्याउनका लागि कम्पनीसँग सम्झैाता पनि भइसकेको छ ।’

निगमका अनुसार बिराटले भारतको सिलगुडीबाट इन्धन ल्याउने प्रतिवद्धता जनाएको छ ।

Comments

comments