काठमाडौं । चीन सरकार आफ्नै बुलेटमा धादिङको खानीखोलासम्म ग्यास ल्याइदिन सहमत भएको छ । नेपाल आयल निगमका अनुसार आफ्नै बुलेटबाट खानीखोलासम्म ग्यास ल्याइदिन चीन तयार भएको छ ।

नेपाल सरकारले पनि ग्यास खानीखोलासम्म ल्याइदिन चीनसँग यसअघि प्रस्ताव पठाएको थियो । प्रस्तावमा सहमति जनाएपनि सम्झौता भइनसकेका कारण ग्याँस आउन सकेको छैन । चीनको केरुङभन्दा ५ किलोमिटर टाढाको डिपोबाट नेपालमा ग्याँस ल्याइने भए्को हो ।

चीन सरकारसँग सम्झौता भएको एकसाता भित्र नेपालमा चिनियाँ ग्याँस आउने भएको छ ।
ग्यास ल्याउने विषयमा दुवै देशका अधिकारीले सडक र खानीखोलास्थित ओम ग्यास डिपोको अवलोकन गरिसकेका छन्।

Comments