मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियन नेपाली समुदायमा विशिष्ट योगदान पुर्याउँने व्यक्तित्वहरु विभिन्न विधाका सम्मानबाट सम्मानित भएका छन् ।

एस इभेन्टको आयोजनामा आइतवार मेलबर्नमा सम्पन्न आरजिआइत अवसम नाइटको अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँने व्यक्तित्वहरुलाई अवसम अवार्डबाट सम्मानित गरियो ।

पहिलोपटक आयोजना गरिएको सम्मान  साँझमा यसवर्षको मिडिया अवसम अवार्डबाट नेपाली टाइम्सकी पत्रकार निरु त्रिपाठी र नमस्ते नेपाल न्यूजक सविनजंग थापा सम्मानित भएका छन् । पत्रकारिता मार्फत भिक्टोरियन नेपाली समुदायका लागि पुर्याएको योगदानका लागि पत्रकारद्धय त्रिपाठी र थापालाई सम्मानित गरिएको हो । युवा व्यवसायी तर्फको अवसम अवार्डबाट शैक्षिक व्यवसायी स्पन्दन कार्की र सौन्दर्य व्यवसायी पिंकी थापा सम्मानित भए ।

2समाज सेवामा लामो समयदेखि सक्रिय रहँदै आएकी समाजिक अभियान्त दीपा राईलाई कम्युनिटी लिडर अवसम अवार्ड प्रदान गरिएको छ भने समाज सेवामा विशिष्ट योगदान पुर्याए वापत कुसुम पोख्रेललाई पनि कम्यूनिटी सर्भिस अवसम अवार्डबाट सम्मानित गरिएको छ । समाजसेवी अवार्डबाट भने श्याम नेपाली सम्मानित भएका छन् ।  यस्तै शैक्षिक अवार्ड भने सेवा रिजालले पाए । फोटोग्राफीको क्षेत्रबाट समुदायमा उल्लेख योगदान पुर्याएकोमा सोलाङ्चरका सुरेश महर्जनलाई मल्टीमिडिया अवार्डबाट सम्मानित गरिएको छ भने इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा झण्डै दई दशकदेखि योगदान गर्दै आएका सोलाङ्चरका राज शाक्यलाई विशेष योगदान सम्मानबाट सम्मानित गरिएको छ ।

3यसवर्षको म्यूजिक तर्फको अवार्ड भने मोक्ष व्याण्डले प्राप्त गरेका छन् ।

निकै भव्य समारोहकाबीच सम्पन्न कार्यक्रमलाई वरिष्ठ गायक दीप श्रेष्ठको सांगीतिक प्रस्तुति र संगीतकार अनिल शाहीको गीतारवादन प्रस्तुति संगीतमय बनाएको थियो ।

Comments

comments