नेकपा एमालेका  नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई  गुन्डा,डनहरुको प्रिय नेता भनेर आलोचना गर्नेको कुनै कमि छैन । तर उनै ओलीले पार्टी अध्यक्षको पदभार ग्रहण गरेकै दिन  आफूले गुन्डागर्दीलाई प्रश्रय नदिने बताउनुभएको छ ।

पार्टी कार्यालय बल्खुमा नवौं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गुन्डागर्दी कम्युनिष्टहरुका लागि नभएको तर्क गर्नुभयो ।

हत्या हिंसा र गुन्डागर्दीलाई एमालेले प्रश्रय दिदैन,उहाँले बताउनुभयो । आफू अध्यक्ष भए पार्टी ध्वस्त हुने, देश खतरामा जाने, आफूमाथि कसैलाई मिलाएर जान नसक्ने आरोप चुनावी प्रचारमात्र भएको उहाँको भनाई थियो ।
त्यसलाई गम्भिर रुपमा नलिन पनि उहाँले सबैसँग आग्रह गर्नुभयो । आफू पार्टीको अध्यक्ष भएकाले अव पार्टीलाई एकताबद्ध बनाएर लैजाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

हिजोका प्यानलहरु बिर्सिएर अघि बढ्नुपर्ने धारणा राख्दै उहाँले आपसि झगडाबाट पार्टी अघि नबढ्ने बताउनुभयो । त्यस अवसरमा उहाँले आफ्नो कार्यकालमा पार्टीलाई एक नम्बरमा पुर्याउने प्रण गर्नुभयो ।

Comments