मेलबर्न । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पुनर्गठन भएको छ । समितिको हालै बसेको वैठकले सुरेश पोखरेलको अध्यक्षमा नयाँ कार्य समिति गठन गरेको हो । समितिको नव गठित कार्य समितिको उपाध्यक्षमा विनित शर्मा र सचिवमा रमेश कार्की रहनुभएको छ । यस्तै कोषध्यक्षमा देवेन्द्र बस्नेत र सहसचिवमा हरि भुषाल रहनुभएको छ ।

सोही वैठकले सोमप्रसाद गुरुङ र आशिष पाण्डेलाई वरिष्ठ सदस्यमा मनोनयन गरेको छ भने अन्य सदस्यहरुमा रामप्रसाद कँडेल,प्रेमराज उप्रेती र विपि कोइराला रहनुभएको छ । एकजना महिला सदस्य भने अझै मनोनयन गर्न बाँकी रहेको समितिले जनाएको छ ।

नयाँ कार्य समितिको पहिलो वैठकले समितिका पूर्व अध्यक्ष दुर्गा आचार्य र पूर्व सदस्य नारायण काफ्लेलाई सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको छ । वैठकले विभिन्न संस्थागत योजनाहरुका बारेमा पनि छलफल गरेको छ । जसमा संगठन विस्तार गर्ने र सहभागीमुलक नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिने लक्ष्य लिएको छ ।

वैठकमा बोल्नुहुँदै नव गठित कार्य समितिका अध्यक्ष पोखरेलले नेपाली काँग्रेसको भातृ संगठन भए पनि समितिलाई सबै प्रजातान्त्रिक विचार र आस्थाका नेपालीहरुको साझा संगठनको रुपमा विस्तार गर्दै लैजाने बताउँनुभयो ।

Please follow and like us:

Comments