मेलबर्न । चितवन समाज भिक्टोरियाले परोपरकारी कोष स्थापना गर्ने भएको छ । कोष स्थापनाका लागि आवश्यक रकम जम्मा गर्ने उद्देश्यले समाजले चाडै नै सांस्कृतिक कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

यसका लागि सुरेन्द्र सेढाईको संयोजकत्त्वमा विशेष कमिटी पनि बनाइएको छ । कमिटीमा सोमप्रसाद गुरुङ र बिराज थापा सदस्य रहेका छन् ।

नव निर्वाचित अध्यक्ष सोमप्रसाद गुरुङको अध्यक्षतामा हालै सम्पन्न समाजको वैठकले अनन्त पौडेलको नेतृत्वको अघिल्लो कार्यसमितिलाई धन्यवाद पनि दिइएको छ । यस्तै अघिल्लो बैठकमा निर्णय गरिए  बमोजिम सरिता चेपाङलाई गर्ने आर्थिक सहयोगको रकम निकास गरी अध्यक्ष सोमप्रसाद गुरुङलाई हस्तातरण गरिएको छ ।

वैठकले भूकम्पबाट क्षतिग्रस्त पशुपती माध्यमिक बिद्यालय राम्जा देउराली ५ पर्बतलाई १ लाख नेपाली रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ ।

समाजको नवगठित कार्यसमितिमा बिराज थापा र सुरेन कंडेललाई नयाँ सदस्यको रुपमा मनोनयन गरेको वैठकले विभिन्न क्षेत्रका नौ जनालाई समाजको सल्लाहकारमा सर्वसम्मतिबाट नियुक्त गरिएको छ । समाजले अनन्त पौडेल,ऋृषि कंडेल,खगराज कंडेल,सुरेश पोख्रेल,सुरेन्द्र सेढाई,केशब कंडेल,रामप्रसाद कंडेल,भिम न्यौपाने र हरि गुरुङलाई सल्लाहकारमा नियुक्त गरेको हो ।

Comments