मेलबर्न । एमआरपी पासपोर्ट बनाउँन आवेदन दिएर पनि क्यानबेरासम्म लिन जान फुर्सद नपाएका भिक्टोरियाका नेपालीहरुले आफ्नै शहरबाट एमआरपी प्राप्त गर्न सक्नेभएका छन् ।

एनआरएन अष्ट्रेलिया भिक्टोरिया राज्य परिषद्को पहलमा नेपाली दूतावास क्यानबेरा आइपुगेका ८१ वटा पासपोर्ट नेपाली महावाणिज्यदूतको कार्यालय मेलबर्नबाट वितरण गर्ने भएपछि यस्तो सुविधा पाउँने भएको हो । पासपोर्ट तयार भएर क्यानबेरामा लिन जान वा पत्राचारमार्फत पठाउने क्रममा रहेकाहरुलाई यो सुविधा एनआरएन र महावाणिज्यदूतको कार्यालयले दिएको हो । एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले नेपाली दूतावासबाट पासपोर्ट ल्याई महावाणिज्यदूतको कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । यसले भिक्टोरियावासी नेपालीहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउँनुभयो । यस्तै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले पनि नेपाली समूदायको सेवामा निरन्तर लागिरहेको र त्यसैको अर्को कडीका रुपमा भिक्टोरियाबाटै पासपोर्ट वितरण गर्न लागिएको बताउँनुभयो ।

पासपोर्ट संकलन गर्नका लागि एमआरपी फर्म बुझाउँदाको रसिद र पुरानो पासपोर्टका साथ महावाणिज्यदूतको कार्यालय पुग्नुपर्ने हुन्छ । एमआरपी तयार भएकाहरुको नामावली यस प्रकार छ:

pp-list

passport-list

Comments