काठमाडौ । पटक पटक अवरुद्द हुँदै आएको ब्यवस्था संसद बैठक आज बस्दैछ ।

भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण गर्ने सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । दलहरुबीच अवरोध नगर्ने सहमति भए विधेयक आज संसदमा प्रवेश गर्ने भएको छ । तर, नेपाली कांग्रेसले संविधान संशोधन विधेयक र पुनर्निमाण विधेयक एकै साथ प्रवेश गर्नुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको छ ।

यसअघि विधायन समितिमा नेपाली कांग्रेसको फरक मतसहित संसदको पूर्ण बैठकमा पठाउने निर्णय गरेको थियो । तर, कांग्रेसले त्यसपछि अचानक संसद अवरुद्ध गर्दै आएको छ ।

आजको बैठकमा अवरोध नभए विधेयक पेस गर्ने संसद सचिवालयले जनाएको छ । मधेसी मोर्चाले भने विधेयकमाथि अवरोध नगर्ने बताइसकेको छ । विधेयक पारित नहुँदा भूकम्पको ८ महिना बित्न लागे पनि प्रभावितहरुका विषयमा कुनै काम अघि बढेको छैन ।

Comments