काठमाडौं । राजधानीको नयाँ बानेश्वर क्षेत्रमा चितुवा पसेपछि जनजीवन आतंकित बनेको छ । शनिवार बिहानै झुल्किएको एक चितुवाका कारण स्थानीय आतंकित भएका हुन् ।

बिहान जनता बैंक परिसरमा देखिएको चितुवा केही बेरपछि नजिकै रहेको संखमूलस्थित स्थानीय हेमराज भण्डारीको घरमा पसेको थियो। घरभित्रको ट्वाइलेटमा लुकेर बसेको चितुवालाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

चितुवा पसेपछि भण्डारी परिवार र छिमेकीसमेत भागभाग चलेको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी र चिडियाखानाका कर्मचारीले चितुवालाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी महानगरी प्रहरी वृत्त बानेश्वरका प्रमुख नायव उपरीक्षक दानबहादुर कार्कीले दिए। अहिले चितुवा समाउन जाल थापिएको छ। चितुवालाई हेर्न स्थानीयको ठूलो भीड लागेको छ।

Comments