मेलबर्न । जङ्गलमा लागेको डढेलो नियन्त्रण हुन नसक्दा अष्ट्रेलियाको पर्थमा सय भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

अस्ष्ट्रेलियाको पर्थको दक्षिण भेगमा रहेको एक ग्रामीण बजारमा अवस्थित जङ्गली आगो एक घरमा सल्किएपछि आगो फैलिएर बजारमा रहेका ९५ घर पूर्णरूपमा क्षति भएका छन् । सो घटनामा परी तीनजना हराइरहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । जङ्गलमा चट्याङ लागेर आगलागी शुरु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । कडा हावाका कारण आगो बस्तीसम्म पुगेको थियो ।

आगलागी करिब २०० किलोमिटर परिधिमा फैलिँदा करिब ५८ हजार हेक्टर जङ्गल ध्वस्त भएको बताएको छ । पश्चिमी अष्ट्रेलियाको प्रान्तीय राजधानीका आकस्मिक सेवा विभागका अधिकारी वाने ग्रेगसनले आगलागी अकल्पनीय भएको र नियन्त्रणको प्रयास हँदाहँदै ठूलो क्षति पुग्न गएको बताए ।

Please follow and like us:

Comments