-रिया भण्डारी ।

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका घरघरका चुल्हो चुल्होसम्म पाइपलाइन मार्फत ग्याँस ल्याइदिने आश्वासनलाई लिएर खुबै टिकाटिप्पणीहरु भैरहेका छन् । धेरैले प्रधानमन्त्रीको बोलीलाई उडन्ते भन्दै हाँसोमा उडाइरहेका छन् । प्रधानमन्त्री ओली मात्र होइन राजनैतिक दलका प्रायः नेताहरुको बोलीलाई आम सर्वसाधारणले व्यंग्यको रुपमा लिने प्रवृत्ति नेपाली समाजमा फस्टाउँदै गएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो अभि व्यक्तिलाई धेरैले हावा गफको संज्ञा दिइरहँदा बरिष्ठ मनोचिकित्सकहरुले भने प्रधानमन्त्रीको बोली अपत्यारिलो नभएको भन्दै सबैको सहयोग र साथ भए उहाले बोल्नुभएको कुरा पूरा गर्न असम्भव नरहेको बताएका छन् । तर धेरै र अपत्यारिलो बोली बोल्नु आफैंमा स्वास्थ्य समस्या समेत भएको मनोचिकित्सकहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको यस्तो भाषण सार्वजनिक भए लगत्तै अहिले उनको तीव्र आलोचना भइरहेको छ । नेपालीहरुले चरम अभाव र संकट व्यहोरिरहेको बेला उनले ग्याँसको पाइप जडान गरेर मिटरबाट ग्याँस दिने, हावाबाट विजुली निकाल्ने बताएपछि अहिले यो बिषय चर्चाको केन्द्रमा छ । प्रधानमन्त्री ओली मात्रै होइन देशका कतिपय शीर्ष नेताहरुले बेला बेलामा यस्तै अभिव्यक्ति सार्वजनिक गर्ने गरेका छन्,जसलाई धेरैले हावा र अपत्यारिलो बोली भन्दै उडाउँने गरेका छन् । आखिर किन नेतृत्वमा रहेका व्यक्तिहरु बेला बखत उत्तेजित भएर यस्ता अभिव्यक्तिहरु दिन्छन् त ? यसको कारणबारे बरिष्ठ मनोचिकित्सक डा. निराकारमान श्रेष्ठ यसो भन्छन् ।

लक्षणहरु :

मनोचिकित्सकहरुका अनुसार यसरी उत्तेजित भएर भाषणवाजी गर्नु चिकित्साकीय दृष्टिकोणले एक किसिमको स्वास्थ्य समस्या हो । चिकित्साकीय भाषामा यसलाई हाइपोमेनिया भनिन्छ । यो रोगका रोगीहरुमा भीड देख्ने वित्तिकै उत्तेजित हुने,बोलीरहन मन पर्ने,अनौठा र ठूलठूला कुराहरु राख्न मन लाग्ने र जसरी हुन्छ भीडका अगाडि आफूलाई महान रुपमा प्रस्तुत गर्न रुचाउँने लक्षणहरु देखा पर्छन् । तर बोलीसकेपछि उनीहरु आफैंलाई मैले यस्तो किन बोलें ? भन्ने पछुतो लाग्नेसम्म हुने मनोचिकित्सकहरु बताउँछन् ।

Comments