काठमाडौ । नेपालमै अहिले सवारी साधान विलासीताका लागि मात्र होइन दैनिक जीवनकै अत्यावश्यक बनिसकेको छ । अहिले मुलुकका गाउँ गाउँमा मोटरबाटो निर्माण भएसँगै मोटरगाडी पनि पुगेका छन् । काठमाडौंमा पहिलोपटक मोटर ल्याउँदा मकवानपुरको भीमफेदीदेखि मान्छेले नै बोकेर ल्याएका थिए । तत्कालीन राणा शासकहरुले चढ्ने मोटर काठमाडौंसम्म ल्याइपुर्याउँन मकवानपुरका तामाङहरुले काँधमा मोटर बोकेर ल्याउँने गर्थे । मकवानपुरको भीमफेदीबाट गाडी बोकेर राजधानी र्पुयाउनेहरुको पहिले नै मृत्यु भए । जीवित रहेका एक मात्र धनवहादुर गोलेको पनि सोमवार मृत्यु भएपछि मोटर बोक्ने भरियाका कथाहरु अब इतिहासमा मात्र सीमित रहन पुगेका छन् ।

उनको उपचारको क्रममा सोमबार काठमाडौंमा मृत्यु भएको हो । दमका रोगी ९२ वर्षीय गोलेको काठमाडौस्थित नेपाल भारत मैत्री अस्पतालमा उपचारको क्रममा चार दिनपछि मुत्यु भएको हो । उनको मंगलबार बिहान मकवानपुरको चित्लाङमा दाहसंस्कार गरिएको छ । राणा कालमा नेपालमा बोकेर गाडी भित्र्याउँने भरियामध्येका उनी एक थिए । बि.स २०१३ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघि काठमाडौंमा बोकेर गाडी भित्र्याउँने गरिन्थ्यो । गाडी बोक्ने बुढाको नामवाट परिचित गोले केही महिना अघिसम्म पनि छिमेकीहरुको भारी बोक्ने र बाँसको डोको, नाङ्लो, घुम बनाउने गर्थे । राणाकालमा गोलेले भरियाको रुपमा झण्डै ३० वटा साना गाडी बोकेका थिए ।

पछिल्लो समय उनी चन्द्रागिरीको काखमा रहेको चित्लाङ गाविस–१ भण्डारखर्क्स्थित नातिनीको घरमा बस्दै आएका थिए । उनको बलियो शरीरका कारण त्यो बेला चित्लाङवाट गाडी बोक्न नाइकेले उनलाई रोजेर लगेका थिए । पहिलो पटक उनले ६४ जनाको टिममा साना गाडी बोकेका थिए । भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्दागिरी हुदै काठमाडौं गाडी बोकेर र्पुयाउँदा ७ दिनदेखि १२ दिनसम्म लाग्ने गथ्र्यो ।

गाडी बोकेवापत प्रतिव्यक्तिले बढीमा ५ आना पैसा पाउँथे । विगतमा गाडी बोकेर राजधानी प्रवेश गराउने भरियाहरुको थातथलो मार्खु, कुलेखानी र चित्लाङ भएपनि गोलेको निधनसँगै गाडी बोक्नेहरुमध्ये अब कोही पनि जीवित छैनन् ।

gole 1

Comments