एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड विजयी भएको छ । एथ्लेटिको मड्रिडले लास पालमसलाई ३–० ले हराएको हो ।

१७ औं मिनेटमा फिलिपे लुइसले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको एथ्लेटिकोका लागि ६८ र ८९ औं मिनेटमा गरी एन्टोन ग्रिजम्यानले दुई गोल गरेपछि लास पालमस ३–० ले पराजित भयो । जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ४७ अंक भएको छ । समान २० खेलबाट १८ अंक जोडेको लास पालमस १६ औं स्थानमा छ ।

आइतबार राति भएका अरु खेलमा गेटाफेले स्पानियोललाई ३–१ ले हरायो भने भ्यालेन्सिया र रायो भालेकानोले २–२ को बराबरी खेले ।

Please follow and like us:

Comments