काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. रामशरण महत अस्पताल भर्ना हुनुभएको छ । घरको भर्याङबाट लडेर घाइते हुनुभएपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो ।

बुधबार महाराजगञ्जमा रहेको आफ्नै घरको भर्याङबाट लडेर देब्रे कुर्कुच्चाको हड्डी चर्किएपछि उहाँलाई काठमाण्डौंको धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । डा. महतको भोलि शल्यक्रिया गर्ने तयारी समेत भएको अस्पताल श्रोतले बताएको छ ।

उहाँको उपचारमा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डे नेतृत्वको टोली खटिएको छ ।

Comments