एजेन्सी । ब्रिटिश एयरवेजको एउटा विमानमा विमानस्थलमै मानवरहित विमान (ड्रोन) ठोक्किएको छ । बेलायतको हिथ्रो विमानस्थलको टर्मिनल ५ मा अवतरण गर्नु केही अघि उक्त विमानमा ड्रोन ठोक्किएको हो ।

१ सय ३२ यात्रु र चालक दलका पाँच सदस्य सवार सो विमान अवतरणको क्रममा रहँदा आकाशमै ड्रोनसँग ठोक्किएको हो । यद्यपी कुनै प्रकारको क्षति विना नै सो विमान अवतरण गर्न सफल भएको जनाइएको छ ।

जेनेभाबाट लन्डन आएको सो विमान अवतरण गर्नुभन्दा केही मिनेट अघि ड्रोनमा ठोक्किएको हो ।

बेलायतमा ड्रोनको अवैध उडान ठूलो समस्या बन्दै आएको छ । बेलायती बजारमा २५ पाउन्डदेखि २० हजार पाउन्ड मूल्यसम्मका ड्रोन उपलब्ध छन् । यसले गर्दा गैर व्यावसायिक तथा अनधिकृत रुपमा ड्रोन उडाउनेको संख्या बढ्दै गएका छन् ।

Comments