काठमाडौं । राष्ट्रिय परिचयपत्र बनाउँने नाममा आर्थिक चलखेल भएको उजुरीबारे संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जानकारी लिने भएको छ ।

नागरिकतालाई बिस्थापित गरी राष्ट्रिय परिचयपत्र बनाउने नाममा आर्थिक चलखेल भएको उजुरी परेपछि समितिले यसतर्फ चासो देखाएको हो । समितिले यसबारे विहीवार प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिँदैछ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री विष्णु पौडेललगायतलाई बोलाएर छलफल गर्न लागेको हो ।

सरकारले नागरिकतालाई विस्थापित गरी राष्ट्रिय परिचयपत्र बनाउने अवधाणा अघि सारेको छ । यसबारे समितिले सांसद खतिवडाको संयोजकत्वमा उपसमिति बनाएर छानविन अघि बढाएको थियो ।

Comments