काठमाडौं । केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएको संघीय गठबन्धनले आन्दोलनलाई थप १० दिन लम्ब्याउँने निर्णय गरेको छ ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बुधवार बसेको गठबन्धनको बैठकले काठमाडौं केन्द्रित आन्दोलन थप १० दिन गर्ने निर्णय गरेको हो ।

उसले राजधानीसँगै थप तराई र पहाडमा पनि आन्दोलन थाल्ने बैठकले निर्णय गरेको छ । गठबन्धनले संविधान पुनर्लेखनको माग गर्दै आएको छ ।

Comments

comments