काठमाडौ । आफू एनआनएनए अध्यष शेष घलेको छोरा भएको बताउदै अमेरिका पठाइदिने आश्वासन दिएर ठगि गरेको अभियोगमा प्रहरीले एक जनालाई पोखराबाट पक्राउ गरेको छ।

तनहुँ मनपाङ-२ सेराटार स्थायि भयर भएका २७ वर्षिय चित्रकुमार श्रेष्ठलाई वडा प्रहरी कार्यालय बैदामबाट पक्राउ गरेको हो । पक्राउ परेको श्रेष्ठले आकाश घलेको फेसबुक तथा भाइबर बनाएको पाइएको बैदामका प्रहरी निरीक्षक मोहनमणी अधिकारीले जानकारी दिए। उनले फेसबुक र भाइबरमा केटी साथिहरु बनाएर शेष घलेको छोरा भएको बताउने गरेका थिए ।

त्यही बाहनामा ठगी गरेको पाइएको अधिकारीले बताए । आकास नाम बताउदै श्रेष्ठले आफु अमेरिकामा बस्दै आएको भनेर ढाट्ने गरेको प्रहरीले जनाएको छ ।

Comments