काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपालमा बिजुली उत्पादन गरेर चीन सप्लाई गर्ने नयाा घोषणा गरेका छन् ।

उनले केही वर्षभित्र नेपालमा उत्पादन हुने बिजुली धेरै हुने र चीन वा भारततर्फ सप्लाई नगरी नहुने दाबी गरेका छन् । ‘रसुवागढी–केरुङ प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्न दुई मुलुकबीच सहमति भइसकेको छ, केरुङसम्म आइसकेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘केही वर्षपछि नेपालमा बढी विद्युत् उत्पादन हुन्छ, त्यसलाई भारत या चीनमा बेच्नुको विकल्प छैन ।’

गोरखा र धादिङका सांसद, राजनीतिक दलका नेतालगायतसँगको भेटमा प्रधानमन्त्री ओलीले रसुवाको चिलिमेबाट केरुङसम्म प्रसारण लाइन बनाएर विद्युत् बिक्री गर्ने बताए । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाका विषयमा छलफलका लागि उनीहरू प्रधानमन्त्रीसँग भेट्न गएका थिए ।

Comments

comments