ललितपूर । पाटनमा गत शुक्रबार विस्फोट भएको एचपी ब्राण्डको सिलिण्डरको मोटाइ कम भेटिएको छ।

महानगरीय प्रहरी परिसर, आपूर्ति विभाग, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय उपभोक्ता मंचले गरेको घटनाको प्रारम्भिक अध्ययनमा सिलिण्डरको आवश्यक मोटाइभन्दा कम पाइएको हो ।

गुणस्तर मापदण्डअनुसार सामान्यतया सिलिण्डरको मोटाई २ दशमलव ९ मिमि हुनुपर्छ । तर विस्फोट भएको हिमालय पेट्रोेकेमिकल्सको उक्त सिलिण्डरको मोटाइ एक दशमलव ८३ मिमि मात्र भएको अध्ययनले देखाएको छ।

Comments