काठमाडौं । मंगलबार गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

बिहान ५ बजेर १२ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत बैशाख १२ गतेको भूकम्प पछि ४ रेक्टर स्केलमाथिको मात्र ४ सय ६१ परकम्प गएको छ । यसअघि २१ गते शुक्रबार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बिहान ५ बजेर १० मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको थियो ।

Comments