काठमाडौं । दक्षिण एसियामै सबैभन्दा महंगो पासपोर्ट शुल्क लिँदै आएको सरकारले द्रुत सेवाका नाममा थप शुल्क बढाइएको छ ।

राहदानी तत्काल आवश्यक परेको तोक आदेश बढेपछि त्यसलाई निरुत्साहित गर्न र चुस्त सेवा दिन भन्दै सरकारले थप शुल्क निर्धारण गरेको हो।

द्रुत मार्गबाट राहदानी लिनेलाई ५ हजार थप शुल्क लिएको सरकारले पुनः एकदिनमा, भोलिपल्ट र तीन दिनमा दिने भन्दै क्रमशः १५, १२ र १० हजार शुल्क तय गरेको हो ।

आफ्नै जिल्लाबाट नियमति रुपमा पासपोर्ट लिए यसअघिकै ५ हजार मात्र शुल्क लाग्नेछ । १० वर्षसम्मका बालबालिकालाई सबै सेवामा आधा शुल्क मात्र लाग्ने राहदानी विभागले जनाएको छ ।

बढी शुल्क लिएर न्यून गुणस्तरको राहदानी उपलब्ध गराउँदै आएको सरकारले थप शुल्क लिएको भन्दै परराष्ट्र अधिकारीहरुले नै असन्तुष्टि जनाएका छन् ।

Please follow and like us:

Comments